TodayPati

सप्तरीको छिन्नमस्तामा आगलागी हुँदा लाखौंको क्षति

शुभ नारायण यादव–
सप्तरी, पुस २७ गते ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर–३ मा बुधबार बिहान आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

स्थानीय विजय चौधरीको गाई गोठमा बालिएको घुरबाट अचानक आगलागी हुँदा धनमाल सहित गोठ पुर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीबाट घरमा रहेको सम्पूर्ण समान जलेर करिब १ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।

Sponsored

आगो स्थानीयबासी, सशस्त्र तथा नेपाल प्रहरी र बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । आगलागीमा पशु चोपाया समेत जलेर घाइते भएको पीडितले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *