TodayPati

राजनीतिक नियुक्तिमा युवालाई अवसर दिइने छ : प्रधानमन्त्री प्रचण्ड

टुडेपाटी–
काठमाडौँ, पुस २७ गते ।

युवाहरूलाई रोजगारी र राजनीतिक नियुक्तिहरूमा अधिकतम प्राथमिकता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।

काठमाडौँमा बुधवार योङ कम्युनिष्ट लिग, नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले युवाहरूलाई रोजगारी र राजनीतिक नियुक्तिहरूमा उच्च प्राथमिकता दिने बताए ।

Sponsored

उनले सरकार र नेकपा माओवादी केन्द्र पार्टीलाई युवाहरूको धेरै मद्दत चाहिएको बताए । उनले भने, ‘यतिबेला सरकारलाई र पार्टी नेतृत्वलाई तपाईंहरूको धेरै मद्दत चाहिएको छ। प्रतिक्रियावादीहरूका धेरै घेराबन्दीहरूलाई चिरेर यहाँ आइपुगियो। सजिलै आएको होइन। हामीले हिजो जसरी घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रिया भित्रबाट यो सफलता प्राप्त भएको हो। यसलाई कम हामी कसैले पनि आँक्नु हुँदैन। परिषद्को बारेमा, युवाहरुको रोजगारीको बारेमा, युवाहरूलाई नियुक्ति गर्ने बारेमा तपाईहरूले उठाउनुभएको ध्यानाकर्षण नोट भयो। र म त्यसलाई सम्बोधन गर्ने अधिकतम प्रयत्न गर्नेछु।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो संगठनलाई बलियो बनाएर अघि बढ्न युवाहरूलाई निर्देशनसमेत दिए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *