TodayPati

अत्यधिक जाडो बढेपछि धनुषाको ६ वटा पालिकाको विद्यालय बन्द

टुडेपाटी-
जनकपुरधाम, पुस २० गते ।

तराई मधेशमा अत्यधिक चिसो बढेसंगै धमाधम विद्यालयहरु बन्द हुन थालेका छन् । बालबालिकाको स्वस्थ्यलाई मध्यनजर गर्दै धनुषाको छवटा पालिकाले विद्यालय विदा दिएका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका, धनुषाधाम नगरपालिका, सबैला नगरपालिका, कमला नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र औरही गाउँपालिकाले बिदा दिएका हुन् ।

हिँउदे बिद कट्टा हुने गरी सामुदायिक, संस्थागत विद्यालय पालिकाहरुले बिदा दिएका छन् ।

Sponsored

जनकपुरधाम उपमहानगरपालिकाले मङ्गलबारदेखि बिहीबारसम्मका लागि बिदा दिएको छ । सबैला, कमला, औरही र मुखियापट्टी मुसहरनिया पालिकाले आउँदो शनिबारसम्मका लागि बिदा दिएका छन् । यस्तै, धनुषाधाम नगरपालिकाले पुस २७ गतेसम्मका लागि विदा दिएको छ ।

जिल्ला शिक्षा समन्वय इकाई समिति धनुषाका प्रमुख युक्तप्रसाद शर्माले केही दिनदेखि मौसममा आएको परिवर्तनका कारण चिसो र शीतलहर बढेका हुनाले पठनपाठनमा कठिनाई पुगेको र बालबालिकाको स्वास्थ्यमासमेत असर पर्न थालेपछि पालिकाहरुले विद्यालय बिदा दिएको बताए ।

चिसो र शीतलहरका कारण तराई मधेशका जिल्लामा जनजीवन कष्टकर बनेको छ । चिसोका कारण दुधे बालक र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसो बढ्दै गएपछि अस्पतालमा रुघाकोखी, ज्वरो, श्वासप्रश्वास, निमोनिया लगायतका बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *