TodayPati

धनुषामा गोली दागेर दासको हत्या गरेको आरोपमा हतियारसहित दुईजना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, पुस १९ गते ।

धनुषामा धनुक दासलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । गत पुस ९ गते साँझ घरमा बसिरहेका बेला धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३, बस्ने ४० वर्षीय धानुक दासको गोली प्रहार गरी हत्या भएको थियो ।

सो हत्या आरोपमा हत्यामा प्रयोग भएको बन्दुकसहित दुईजनालाई पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले पुष्टि गरे । यधपी पक्राउ परेकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । घटनामा संलग्न रहेका एकजना अन्य फरार नै रहेको खोजविन गरिरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *