TodayPati

जनकपुरधामका सबै विद्यालय तीनदिनका लागि बन्द

टुडेपाटी-
जनकपुरधाम, पुस १९ गते ।

अत्यधिक जाडोबढेपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले तीनदिनका लागि सबै विद्यालयहरुमा विदा दिएको छ ।

उपमहानगरपालिकाको विपद व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु पुस २० गतेदेखि २२ गतेसम्म तीनदिन जाडो विदा दिने निर्णय गरेको हो ।

Sponsored

उपमहानगरका शिक्ष युवा तथा खेलकुद शाखाका बरिष्ठ उपसचिव मिहिलाल यादवले मंगलबार एक सूचना जारी गर्दै जानकारी गराएका हुन् । उनका अनुसार तीनदिनको जाडो विदा शैक्षिक क्यालेण्डरमा उल्लेखित पुस २७ देखि माघ ३ गतेसम्मको जाडो विदावाट कट्टा गरिने छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *