TodayPati

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगे

टुडेपाटी–
काठमाडौं, पुस १९ गते ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

मंगलबार अपरान्ह बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली पुगेका हुन्।

Sponsored

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सत्ता साझेदार दलले एमाले अध्यक्ष ओलीलाई संयोजक समेत बनाएका थिए। सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम पनि ल्याउने तयारी गरेको छ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मतसमेत लिने कार्यक्रम छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *