TodayPati

राहदानी वितरण अनिश्चितकालका लागि बन्द

टुडेपाटी–
काठमाडौं, पुस १९ गते ।

राहदानी विभागले राहदानी छपाइ तथा वितरण अनिश्चितकालसम्मका लागि रोकेको छ।

गत पुस १७ गतेदेखि नै सिष्टममा समस्या आएको भन्दै विभागले राहदानी छपाइ र वितरण कार्य रोकेको थियो।

Sponsored

विभागकी निर्देशकसमेत रहेकी प्रवक्ता दुरपदा सापकोटाले विभागको सिष्टममा समस्या आएको बताइन्।

आज उनले एक सूचना जारी गर्दै पुस १७ गतेदेखि नै विभागको सिष्टममा समस्या आउँदा छपाइ र वितरण अवरूद्ध भएको जनाएकी छन् ।

‘विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिष्टमले पूर्ण रूपमा सुचारू हुन केही समय लाग्ने भएकोले राहदानीका लागि आवेदन दिएकाहरूले आफ्नो मोबाइलमा एसएमएस आएपछि मात्रै विभाग आउन अनुरोध छ,’ सूचनामा भनिएको छ।

Sponsored

तर नियमित रूपमा राहदानी आवेदनका लागि बुक गरेकाहरूले बुक गरेको मिति र समयमा बायोमेट्रिकको लागि पनि विभागमा आइदिन आग्रह गरेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *