मधेश प्रदेश : माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु
टुडेपाटी–
रौतहट, पुस १६ गते ।
रौतहटमा विद्युतीय तारको प्रयोग गरि माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
गरुडा नगरपालिका ७ पिपरिया दोस्तियाका ३० वर्षीय रामतिलक पटेलको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।
शुक्रबार साँझ गाउँ छेउको तरहारी खोलामा विद्युतीय तार प्रयोग गरि माछामार्ने क्रममा पटेललाई करेन्ट लागेर अचेल हुँदा उपचारको लागि गरुडा अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुणकुमार सिंहले बताए ।
मृतक पटेलको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
Sponsored