TodayPati

मधेश प्रदेश : भन्सार छलीको सामान बोकेको आशंकामा ट्रक नियन्त्रणमा

टुडेपाटी–
वीरगञ्ज, पुस १२ गते ।

भन्सार छलीको सामान बोकेको आशंकामा प्रहरीले पर्सामा ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरीले बिल बिजकमा उल्लेख गरिएको भन्दा बढी मालसामान बोकेको आशंकामा वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर ग्रिन सिटी चोकबाट प्र २–०३–००१ ख ३६९४ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएका हो ।

Sponsored

बिल बिजक भन्दा बढी खुद्रा, लत्ता कपडा तथा औषधी लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट कास्कीतर्फ गइरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले मंगलबार बिहान १ बजे ट्रक नियन्त्रणमा लिएको थियो ।

नमस्ते कार्गो ट्रासपोर्टबाट छुटेको ट्रक चेकजाँच गर्ने क्रममा सामानको बिल बिजक शंकास्पद देखिएकोले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

ट्रकमा अन्दाजी ५५ लाख १२ हजार ५ सय ३१ रुपैयाँ बराबरको खुद्रा, लत्ता कपडा तथा औषधी जन्य सामाग्री रहेको अनुमान गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *