मधेश प्रदेश : एकाबिहानै पुरुषको शव फेला, जाडोका कारण मृत्यु भएको आशंका
टुडेपाटी–
जनकपुरधाम, पुस ११ गते ।
सर्लाहीमा सोमबार बिहान एकजना पुरुषको शव फेला परेको छ ।
जिल्लाको हरिवन नगरपालिका–११ स्थित बजारमा नामथर, वतन नखुलेको अन्दाजी ६०÷६५ वर्षका पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीय रत्न श्रेष्ठको घरको पेटीमा सुतेको अवस्थामा मागेर खाँदै हिँड्ने ती पुरुष मृत फेला परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
चिसोले कठ्यांग्रिएर उनको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।
Sponsored