TodayPati

सर्लाहीमा घुर ताप्ने क्रममा जलेर महिलाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, पुस ८ गते ।

सर्लाहीमा घुर ताप्ने क्रममा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका ३ बस्ने टिकाराम रखालकी ५५ वर्षीया श्रीमती गोरीमाया रखाल छन् ।

स्थानीय तुलसी हुमागाईले संचालन गरेको चिरान मिलमा उनका पति टिकाराम कुरुवाको काम गर्ने गर्छन् । सोही चिरानमलिमा बुधबार साँझ साढे ७ बजेको समयमा आगो तापिरहेकी गोरीमायाको जिउमा आगो लागेको थियो ।

Sponsored

आगो लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *