TodayPati

राजेन्द्र लिङ्देनको सपथ -“भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्छु”

टुडेपाटी-
जनकपुरधाम, पुस ७ गते ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र लिंगदेनले पृथक शैलीमा पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको सपथ समारोहमा प्रायले ईश्वरको नाममा सपथ लिएका छन् ।

तर लिङ्देनले भने आमाको नाममा सपथ लिएका हुन् । ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्छु’ भन्दै उनले सपथ लिएका हुन् । उनले लिएको सपथको पानाको तस्वीर यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ ।

Sponsored

यसअघि २०७४ मा निर्वाचित हुँदा उनले ईश्वरको नाममा सपथ लिएका थिए । त्यतिबेला उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकला निर्वाचित प्रतिनिधिसभा सदस्य थिए । यसपटक भने उनको पार्टीले प्रत्यक्ष र समानुपातिक गरी १४ सिट जितेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *