TodayPati

क्षीरेश्वरनाथ नगरपालिकाको १०औं नगरसभा सम्पन्न

टुडेपाटी-
जनकपुरधाम, पुस ७ गते ।

चालु आर्थिक वर्षको छैठौँ महिना चलिरहेको समयमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले दशौं नगरसभा सम्पन्न गरेको छ । बुधबार पालिकाको आय व्यय प्रस्तुत गर्दै नगरसभा सम्पन्न गरिएको हो ।

पालिकामा अल्पमत बहुमतको विवादले निर्धारित समयभन्दा करिब नगरसभा सम्पन्न हुन सकेको थिएन । निर्धारित समयमै क्षिरेश्वरको उदघाटन सत्र भएपनि कांग्रेस पक्षधर जनप्रतिनिधिहरुले बिरोध जनाएपछि नगरसभा सम्पन्न हुन सकेको थिएन ।

Sponsored

पालिकाले चालु आर्थिक वर्षको छैठौँ महिनामा आएर आर्थिक वर्ष २०७९-०८०का लागि ६९ करोड एघार हजार २७ रुपैयाँको अनुमानित बजेट ल्याएको छ । बजेट सर्वसहमतिले स्वीकृत गरिए पनि नेपाली कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरु राजनीतिक दलको प्रतिनिधित्वमा असन्तुष्टि जनाएका थिए ।
उनीहरु हस्ताक्षर गरेर नगरसभा सम्पन्न नहुँदै बाहिरिएका थिए । सबै दलको समान रुपमा प्रतिनिधित्व नभएको असन्तुष्ट पक्षको भनाइ छ । पालिकाले आन्तरिक आय ३६ लाख ३० हजार आम्दानी हुने अनुमान गरेको छ ।
करिब ६ महिनादेखि पालिकाले नगर परिषद् नहुँदा कर्मचारीहरुलाई तलव खुवाउन सकेको थिएन भने विकास निर्माणका कार्यहरु ठप्प भएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *