TodayPati

सप्तरीमा टिपरको ठक्करबाट छात्राको मृत्युु, राजमार्ग अवरुद्ध,अवस्था तनावग्रस्त

शुभ नारायण यादव–
सप्तरी, पुस ५ गते ।

सप्तरीको रुपनीमा टिपरको ठक्करबाट एक छात्राको मृत्यु भएपछि त्यहाँको स्थिति आज दिनभरि तनावपूर्ण बनेको छ ।

जिल्लाको रुपनी गाउँपालिका वडा नं. १ बस्ने शङ्कर यादवको १२ वर्षीया छोरी रिता कुमारी यादवलाई ना १ ख ८५४२ नम्बरको टिपरले मंगलबार बिहान करिब १० बजे ठक्कर दिँदा मृत्यु भएपछि उनका आफन्त, स्थानीय तथा विद्यार्थीहरूले पूर्व पश्चिम राजमार्गको रुपनीमा अवरुद्ध गरेका हुन् ।

Sponsored

राजमार्गमा नै किशोरीको शव राखेर उनका आफन्त र विद्यार्थीहरूले चक्काजाम नै गर्न थालेपछि भिडलाई तितरबितर पार्न र स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रुग्याँस, हवाई फायर र रबरको गोली समेत चलाउनु परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रबक्ता नरेशकुमार सिंहले जानकारी दिए ।

सोही अवरोधकै कारण पूर्व–पश्चिम राजमार्ग र राजविराजका केही सडक खण्ड अवरुद्ध भएका छन् भने राजमार्गमा सयौं सवारी साधन तथा हजारौं यात्रुहरु अलपत्र परेका छन ।

यता, मृतक रिता कन्छु नर प्रताप उच्च मा.वि. रायपुरको कक्षा ६ मा अध्ययनरत छात्रा थिइन ।

Sponsored

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *