TodayPati

नवनिर्वाचित सांसदलाई राणाले शपथ ग्रहण गराउने

टुडेपाटी-
काठमाडौं, पुस ५ गते ।

प्रतिनिधि सभामा निर्वाचित सांसदहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमसेर राणाले शपथ ग्रहण गराउने भएका छन्।

ज्येष्ठ नागरिकले शपथ ग्रहण गराउने प्रावधान अनुसार निर्वाचित सांसदहरूलाई राणाले शपथ गराउने भएका हुन्।

Sponsored

संसद सचिवालयले राणाको शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएको सहायक प्रवक्ता दशरथ धमलाले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि उनले अन्य सांसदलाई शपथ खुवाउने छन्। सांसदहरूको शपथ पुस ७ गते तय भएको छ ।

नागरिकता अनुसार नेपाल सामाजवादी पार्टीका महिन्द्रराय यादव जेष्ठ छन्।

Sponsored

कागजी उमेरमा जेठो भए पनि आफू कान्छो रहेको स्वघोषणा गर्दै उनले शपथ ग्रहण गराउन अस्वीकार गरेका हुन्।

त्यसपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राणाको नागरिकता भिडाउँदा केसीभन्दा राणा १ महिना २६ दिनले जेठो रहेको पाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *