TodayPati

मधेश प्रदेशका युवालाई रोजागारमूलक तालिम

रासस–
जनकपुरधाम, पुस ३ गते ।

कोभिड–१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेश प्रदेशका नौ सय ८० युवालाई तालिम दिइएको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्तर्गत विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमले प्रदेशमा कृषि, निर्माण र पर्यटन क्षेत्रमा एक सय ६० घण्टाको रोजगारमूलक तालिम दिइएको हो।

Sponsored

सो कार्यक्रमको प्रगति र समीक्षाबारे स्थानीय पालिका प्रमुखसँग गरेको अन्तर्क्रिया कार्यक्रममा प्रदेशका नौ सय ८० मध्ये नौ सय ६७ जनाले पूर्णरूपमा तालिम लिएको युएनडिपीका राष्ट्रिय कार्यक्रम प्रबन्धक डा मुकुन्दमणि खनालले बताए।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद सुवेदीले एक सय ६० घण्टाको तालिम लिएका युवा स्वरोजगार हुन थालेकाले तालिम प्रभावकारी भएको बताए। उनले सरकार मिलेर बेरोजगार युवालाई प्रोत्साहन हुने गरी अनुदान, सहुलियत दरमा कर्जा प्रवाहलगायत प्राविधिक सेवा दिनुपर्ने आवश्यकता भएको बताएका हुन्।

मधेस प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले युवालाई स्वदेशमै सीप सिकाउन सके रोजगारमूलक व्यापार व्यवसायमा वृद्धि हुने विश्वास व्यक्त गरे।

Sponsored

कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्साल, पूर्वशिक्षा सचिव डा रामहरि लामिछाने, सिटीइभिटी मधेस प्रदेश प्रमुख नागेन्द्र साह, कार्यक्रमका मधेस प्रदेश संयोजक दीपक साहशङ्करले कार्यक्रमका विविध पक्षमाथि चर्चा गरेका थिए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

5 thoughts on “मधेश प्रदेशका युवालाई रोजागारमूलक तालिम

  • December 18, 2022 at 6:54 pm
    Permalink

    कहि कते कुने गरिब युवा ले कुने तालिम लियेको छेन तालिम को नाम मा प्रदेश २ मा लूट मात्रै भको छ । यसको कुने निकाय ले सहि तरिक बात अनुगम गरेको छेन ।

    Reply
  • December 18, 2022 at 6:56 pm
    Permalink

    कहि कते कुने गरिब युवा ले कुने तालिम लियेको छेन तालिम को नाम मा प्रदेश २ मा लूट मात्रै भको छ । यसको कुने निकाय ले सहि तरिक बात अनुगम गरेको छेन ।

    Reply
  • December 19, 2022 at 11:44 am
    Permalink

    सिकम है सिकम

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *