TodayPati

समयमै बजेट नल्याउने मधेशका ७ सहित ८ स्थानीय तहलाई संघीय सरकारको ताकेता

टुडेपाटी–
काठमाडौं, पुस ३ गते ।

चालु आर्थिक वर्षको ५ महिना पुरा हुँदासम्म पनि बजेट ल्याउन नसक्ने मधेशका ४ सहित ५ स्थानीय तहलाई संघीय सरकारले ताकेता गरेको छ ।

नेपालको संविधान, स्थानीय तहलाई प्राप्त अधिकार र प्रचलित कानुनको पूर्ण पालना गरी जनतालाई प्रदान गरिने सेवा प्रवाह गर्न÷गराउन संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।

Sponsored

सिराहाका औरही गाउँपालिका र कर्जन्हा नगरपालिका, धनुषाको नगराइन नगरपालिका र कमला नगरपालिका, सर्लाहीको विष्णु गाउँपालिका र बौधीमाई नगरपालिका, रौतहटको यमुनामाई गाउँपालिका र बाँकेको डडुवा गाउँपालिकाले अहिलेसम्म चालु आवको बजेट ल्याउन सकेका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार मसान्तसम्म गाउँ/नगरसभाले आगामी आवको बजेट पारित गरिसक्नु पर्छ ।

बजेट पारित गरी त्यसको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा प्रविष्ट समेत गर्नुपर्छ ।

Sponsored

बजेट पास नहँदा स्थानीय तह मार्फत जनतालाई प्रदान गरिने सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासनका काम प्रभावित भएको गुनासो मन्त्रालयमा आएको समेत सूचनामा उल्लेख गरिने छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *