TodayPati

धनुषामा बसले मोटसाइकलमा ठक्कर दिँदा एकजनाको मृत्यु, अर्का गम्भीर

टुडेपाटी-
जाकपुरधाम, पुस ३ गते ।

धनुषाको ढल्केबरमा बसले मोटरसाइकलमा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजा गम्भीर घाइते भएका छन् ।

आइतबार बिहान पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ८४२४ नम्बरको यात्रुबाहक बस विपरीत दिशाबाट आउँदै गरेको ज १२ प १४९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार धनुषाको मिथिला विहारी नगरपालिका १ भुतहीपटेर्वाका ५८ वर्षीय चन्द्रीप यादव रहेको ईलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

Sponsored

दुर्घटनामा मोटरसाइकल चालक लक्ष्मण यादव गाम्भीर घाइते भएका छन् । उनको उपचार जनकपुरको काव्या हस्पिटलमा भइरहेको छ । बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *