TodayPati

सहायक सिडिओको हस्ताक्षर किर्ते गरेको आरोपमा मटिहानी मन्दिरका मानमहन्थ पक्राउ

टुडेपाटी–
जनपकुरधाम, पुस ३ गते ।

रुपन्देहीका सहायक सिडिओको हस्तारक्षर किर्ते गरेको आरोपमा महोत्तरीको मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दास पक्राउ परेका छन् ।

महोत्तरी प्रहरीले उनलाई आइतबार बिहान पक्राउ गरी रुपन्देही पठाएका छन् ।

Sponsored

महन्थ दासले सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख रुपैयाँ झिकेको आरोप छ ।

रुपन्देहीका सहायक प्रमुख सिडिओको हस्ताक्षर किर्ते गरेर रोक्का रहेको बैंक खाता फुकुवा गरेर ७० लाख १८ हजार ५ सय १० रुपैयाँ ३५ पैसा भिकेका महामहन्त दासलाई पक्राउ गरेर रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृृष्ण पंगेनीले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *