TodayPati

वीरगञ्जको चारवटा गोदाममा प्रहरीको छापा, ठूलो परिमाणमा खाद्य सामग्री बरामद

टुडेपाटी-
वीरगञ्ज, पुस १ गते ।

प्रहरीले वीरगञ्ज–१० मा रहेका चारवटा गोदाममा छापामारेर भन्सार छलीका ३५ लाख बराबरका सामान बरामद गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार गोदामा छापामारी गरी ठूलो परिमाणमा भन्सार छलिका खाद्यान्न सामान बरामद गरेको हो ।

खाद्यान्न व्यापारीहरु विनोद गुप्ता, श्याम वर्णवाल, प्रधुम्न गुप्ता र सुजित गुप्ताको गोदाममा प्रहरीले छापा मारेको थियो । ती गोदामबाट २५ किलो दरका १ हजार १२२ बोरा चामल, १० क्वीन्टल मैदा, ग्लुकोज लगायतका सामग्री बरामद गरिएको छ ।

Sponsored

बरामद गरिएका सामानको मूल्य अन्दाजी ३५ लाख रुपैयाँ कायम गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *