TodayPati

मधेश प्रदेश : घाँस काट्न गएकी महिलाको हत्या आरोपमा दुई युवक पक्राउ

टुडेपाटी–
जनकपुरधाम, मंसिर २८ गते ।

घाँस काट्न गएकी महिलालाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

मंगलबार करिब ३ बजेको समयमा कर्जन्हा नगरपालिका १० स्थित अकरहिया जंगलमा घाँस काटन गएकी मिर्चैया नगरपालिका २ मल्हनिया पिडारी टोल बस्ने २६ वर्षीया लक्ष्मिनिया देवी कापरको हत्या आरोपमा दुई युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Sponsored

महिलाको घाँटी तथा पेटमा धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरी फरार भएका मिर्चैया २ मल्हनिया टोल बस्ने २० वर्षीय राजकुमार महत्तो कोईरी र सोही नगरपालिकाको वडा १ मा बस्ने २० वर्षीय नितेश कुमार रजकलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभास बुढाथोकीले जानकारी दिए ।

फरार भएका प्रतिवादीहरुलाई मधेश प्रहरी कार्यालय, जनकपुरबाट खटेको तालिम प्राप्त कुकुर सहितको टोलीको सहयोगमा वारदातमा प्रयोग भएको खुकुरी सहित दुबैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *