TodayPati

दाईजोविरुद्धको कसुरमा पंकज चौधरी पक्राउ

टुडेपाटी-
जनकपुरधाम, मंसिर २८ गते ।

दाइजो विरुद्धको कसुरमा डा. पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको रामगोपालपुर ५ का ३५ वर्षीय पंकजलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।

पत्नी नेहाले दिएको दाईजो विरुद्धको जाहेरीको आधारमा पंकजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तोष पोखरेलले जानकारी दिए । दाईजोविरुद्धको कसुरमा कारबाही गर्न पंकजमाथि अनुसन्धान गरिरहेको डिएसपी पोखरेलले बताए ।

Sponsored

उनलाई जिल्ला प्रहरी कार्यालय जलेश्वरको हिरासतमा राखिएको छ । गत फागुनमा नेहा र पंकजको समाजिक परम्परा अनुसार विवाह भएको थियो । जसमा नेहाको माइत पक्षले नगद र सुनचाँदी गरी १ करोड २५ लाख रुपैयाँ खर्च गरेको थियो । पंकजले दाइजोमा काठमाडौंमा घर किनिदिन भन्दै आफूमाथि कुटपिट तथा यातना दिँदै आएको नेहाको आरोप छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *