TodayPati

ब्रतबन्धको लागि हिडेको रिजर्भ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

टुडेपाटी-
काभ्रेपलाञ्चोक, मंसिर २८ गते ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । दुर्घटना अन्य २२ घाइते भएका छन् ।

बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेका बा ३ ख ४३८५ बस दुर्घ भएको हो । रिजर्भ बसमा ३९ सवार सवार थिए । दुर्घटनामा १३ जनाको घटनास्थलमै र अन्य चारजनाकोको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sponsored

प्रत्यक्षदर्शीका अनुसार तिव्रगतिको बस मोडको भित्तामा ठोक्किएपछि सडकबाट केही तल खसेर दुर्घटना ग्रस्त भएको थियो ।
दुर्घटनामा मृत्यु भएका १३ जनाको सनाखत भएको छ । अन्य ४ जनाको सनाखत हुन बाँकी छ ।

मृत्यु हुनेमा बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ, बनेपा नपा–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा–१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा–११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका–५ की ३२ वर्षीया मञ्जु तामाङ छन् ।

यस्तै बस चालक ललितपुरको महाँकाल–४ घर भई हाल पनौती नपा–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
दुर्घटनामा अन्य केही गम्भीर घाइते समेत भएकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *