TodayPati

बिना कुनै अध्यापनको मधेश कृषि विश्वविद्यालयको एक वर्ष पुरा

टुडेपाटी–
जनकपुरधाम, मंसिर २७ गते ।

मधेश सरकारले स्थापना गरेको मधेश कृषि विश्वविद्यालयले बिना कुनै अध्यापन गराएर एक वर्ष पुरा गरेको छ ।

अध्यादेश मार्फत मधेश सरकारले स्थापना गरेको कृषि विश्वविद्यालयले मंगलबार एक वर्ष पुरा गरेको छ तर अहिलेसम्म अध्यापन समेत सुरु गर्न सकेको छैन् ।

Sponsored

मुख्यमन्त्री लालबाबु राउतले २०७८ मंसिरमा उपकुलपतिमा डा. वैद्यनाथ महतोलाई नियुक्त गरेका थिए ।

प्रदेशको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले २०७८ कार्तिक २३ गते प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए । पछि प्रदेशसभाबाट यसलाई पारित गरिएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *