TodayPati

मुस्लिम र थारुलाई मधेशीबाट हटाउने आयोगको निर्णय

टुडेपाटी–
काठमाडौँ, मंसिर २७ गते ।

थारु र मुस्लिम समुदायलाई मधेशी आयोगले मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ।

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगले मंसिर २० गते बैठकबाट नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन–२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको बताए।

Sponsored

मधेशी आयोगको निर्णय कार्यन्वयनका लागि आयोगकी उपसचिव सविता डंगोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छन्।

थारु र मुस्लिम समुदायका विभिन्न संघ–संगठनहरुले थारु र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको बताउँदै आएका थिए।

उनीहरुको पहिचान मधेशी समुदायसँग नमिल्ने भएकाले मधेशी क्लस्टरमा आफूहरुलाई नराख्न मधेशी आयोगमा उजुरी दिएका थिए।

Sponsored

अध्यक्ष दत्तका अनुसार उजुरीमाथि आयोगले निर्णय लिँदै थारु र मुस्लिमलाई मधेशीबाट हटाउने निर्णय गरेको बताएका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *