TodayPati

मधेश प्रदेश : कुटपिटबाट एक महिलाको मृत्यु, देवर पक्राउ

टुडेपाटी-

जनकपुरधाम, मंसिर २६ गते ।

सर्लाहीमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका २ भेल्हीकी ७० वर्षीया सागरदेवी राय छन् ।

Sponsored

सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवका अनुसार जग्गाको विषयमा विवाद हुँदा देवर ६५ वर्षीय पुकार राय र उनका छोरा ४० वर्षीय जितु भन्ने जितेन्द्र राय, बुहारी ३० वर्षीया अनिता देवी राय तिनै जना मिलेर कुटपिट गरेका थिए । सोमबार दिउँसो २ बजे कुटपिटबाट घटनास्थलमै सागरदेवीको मृत्यु भएको हो ।

घटना लगतै प्रहरी पुगेर पुकारलाई नियन्त्रणमा लिएको छ । पुकारका छोरा जितेन्द्र र बुहारी अनिता फरार भएका छन् । उनीहरुको खोजि गरिरहेको डिएसपी यादवले बताए । सागरदेवीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा पठाएर घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *