TodayPati

मधेश प्रदेश : लागूऔषध गाँजासहित १९ वर्षीय युवक प्रहरीको फन्दामा

टुडेपाटी–
जनकपुरधाम, मंसिर २६ गते ।

प्रतिबन्धीत लागूऔषध गाँजासहित सर्लाही प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

सोमबार दिउँसो करिब १ बजेको समयमा पर्सा गाउँपालिका ६ नेपाल–भारत बोडर दशगजा स्थित प्रहरीको गस्ती टोलीले स ७ प ९९१५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा ७ किलो ५ सय ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

प्रहरीले गाँजासहित हरिपुर्वा नगरपालिका ९ बसतपुर बस्ने १९ वर्षीय बिमलेश यादवलाई नियन्त्रण लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *