TodayPati

मधेश प्रदेशमा जसपाबाट समानुपातिक तर्फ को-को बने प्रदेश सांसद ?

टुडेपाटी-
जनकपुरधाम, मंसिर २७ गते ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभामा समानुपातिकतर्फ प्रतिनिधित्व हुने प्रदेश सांसदको टुङ्गो लगाएको छ । जसपाको कार्यकारिणी समितिको सोमबार बसेको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात जनाको नाम सिफारिस गरेको हो ।

जसपाले मधेस प्रदेशसभाका लागि सिफारिस गरेका सदस्यहरूमा मनिषकुमार सुमन (मधेसी पुरुष अल्पसङ्ख्यक), विन्दुकुमारी यादव (मधेसी महिला),शोभादेवी (मधेसी महिला, अल्पसङ्ख्यक), ललिता दास (दलित महिला), शाहिदा खातुन (मुस्लिम महिला), किर साह (मधेसी महिला) र ममता मण्डल (आदिवासी जनजाति महिला) रहेका छन् ।

Sponsored

जसपाले मधेस प्रदेशमा प्रत्यक्षतर्फ नौ र समानुपातिकमा सात सिट जितेको छ । १६ सिटसहित जसपा प्रदेशसभाको तेश्रो ठूलो दल बनेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *