TodayPati

दालमा कालोबजारी गरेको आरोपमा बाराबाट तीनवटा उद्योगका सञ्चालकसहित ५ जना पक्राउ

टुडेपाटी-

बारा, वैशाख १४ गते ।

बारामा दाल कालोबजारी गरेको आरोपमा तीनवटा उद्योगका सञ्चालकसहित पाँचजना पक्राउ परेका छन् ।

Sponsored

बाराको परवानीपुर गाउंँपालिका ४ मा रहेको नारायणी मोडर्न पल्सेस ईण्ड्स्टिजका सञ्चालक मोहनलाल अग्रवाल र प्रतिनिधि सुनिल शर्मा, छातापिप्रामा रहेको कृष्ण आधुनिक दाल उद्योगका सञ्चालक पवनकुमार साह र प्रतिनिधि सुरेश साह तथा लिपनीमालमा रहेको महाबीर ओभरसिज प्रालिका प्रतिनिधि सन्तोष झालाई पक्राउ गरिएको हो ।

उनीहरूले प्रतिकिलो ८० देखि ८५ रुपैयाँ पर्ने मुसुरोको दाल लकडाउनको मौका छोपी तीनवटै उद्योगले ९४ देखि ९८ रुपैयाँमा बिक्री गर्ने गरेको सूचनाको आधारमा पक्राउ गरिएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उनीहरुमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऎन २०३२ अनुसार कारबाही अगाडि बढाइको प्रहरीले जनाएको छ । उनीहरुलाई आइतबार साँझ पाँच बजे पक्राउ गरिएका कारण आइतबार समय नभ्याएकोले सोमबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराइने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *