आज पनि देशैभर हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह
टुडेपाटी-
काठमाडौं, वैशाख १५ गते ।
सोमबार पनि देशैभर मौसम बदली भएको र हावाहुरीरचट्याङरअसिनासहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
तसर्थ विशेषगरी हावाहुरी, चट्याङ र असिनाबाट सतर्क रहन मौसमविद्ले सबैलाई आग्रह गरेका हुन् ।
आज बिहानैदेखि देशैभर मौसम बदली भएको छ र दिनभर मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।
‘बीच(बीचमा घाम लागे पनि पुनः बदली हुने र पानी पर्ने क्रम जारी रहने देखिएको छ,’ सोमबार बिहान नेपालखरसँग उनले भनिन्, वर्षा हल्कादेखि मध्यमसम्म हुने सम्भावना छ।’
उनका अनुसार पश्चिमदेखि मध्यम क्षेत्रसम्म बादल बनिसकेको अवस्था छ। अब कुनै पनि बेला हावाहुरी, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना छ।
‘अरू दुईरतीन दिन मौसम यस्तै रहने देखिएको छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘यसैकारण वर्षा भएका बेला हावाहुरी, चट्याङ र असिनाबाट जोगिन जरुरी छ।’
Sponsored
मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ–
‘पश्चिमी भूभागका अधिकांश स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’
मौसमविद्का अनुसार हाल देशमा पश्चिमी वायु रस्थानीय वायु र पूर्वी भू(भागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका साथै बंगालको खाडी रअरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेको छ ।
यसैकारण नेपालमा केही दिनदेखि हावाहुरी, चट्याङ र असिनासहितको वर्षा भइरहेको छ ।