TodayPati

मधेश प्रदेश : हृदयघातबाट मृत्यु भएका पत्रकारका परिवारलाई स्थानीय तहद्वारा पाँच लाख सहयोग

टुडेपाटी–
वीरगन्ज, मंसिर २५ गते ।

हृदयघातबाट मृत्यु भएका वीरगन्जका पत्रकार नरेश सर्राफको परिवारलाई वीरगन्ज महानगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

पत्रकार सर्राफको १० औँ दिनको पुण्य तिथिमा आइतबार वीरगन्जमा समाजवादी प्रेस संगठन र रेडियो वीरगन्जले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै महानगरका मेयर राजेशमान सिंहले सर्राफका परिवारको जिविकोपार्जनका लागि महानगरको तर्फबाट तत्कालका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् ।

Sponsored

यसका साथै सर्राफको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा स्थापना गरिने स्मृति कोषमा महानगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा पनि मेयर सिंहले गरे ।

श्रद्धान्जलीसभामै सर्राफको परिवारलाई रेडियो वीरगन्जले र समाजवादी प्रेस संगठन पर्साले १/१ लाख र राष्ट्रिय भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका जिल्ला सचिव तबरेज अहमदले पनि ५० हजार रुपैयाँ नगद उपलब्ध गराएका छन् ।

३८ वर्षीय सर्राफको यहि मंसिर १५ गते हृदयतघातबाट निधन भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *