TodayPati

मधेश प्रदेश : सवारी दुर्घटनामा एकजनाको मृत्यु

टुडेपाटी–
सप्तरी, मंसिर २५ गते ।

सवारी दुर्घटनामा परेर सप्तरीमा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको रुपनी गाउँपालिका ६ वीरेन्द्रबजारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

Sponsored

स४प १६३८ नम्बरको मोटरसाइकल सडकमा थुपारिएको माटोको ढिस्कोमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलका चालक अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उनको बेलुकी सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनको सनाखत हुन बाँकी छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *