TodayPati

महोत्तरीमा पिकपको ठक्करबाट एकजनाकोे ज्यान गयो

टुडेपाटी-
महोत्तरी, मंसिर २५ गते ।

महोत्तरीमा पिकपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका ३ कालापानीका ६६ वर्षीय वीरबहादुर आले मगर रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार साँझ सिन्धुलीबाट बर्दिवास तर्फ आउदै गरेको स १ च१५४५ नम्बरको महेन्द्रा पिकप गाडीले घर नजिकै बाटो काट्दै गरेका मगरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते मगरको उपचारको क्रममा बर्दिवास स्थित जनसेवा अस्पतालमा मृत्यु भएको हो ।

Sponsored

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र गाडी तथा चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय
बर्दिबासले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *