TodayPati

सप्तरीको रुपनीमा १५ बेडको हस्पिटल बन्दै

शुभ नारायण यादव-
सप्तरी, मंसिर २५ गते ।

सप्तरीको रुपनी गाउँपालिका–२ लौवापारमा १५ शैय्या (बेड)को अस्पताल निर्माण प्रारम्भ भएको छ ।

गाउँपालिकाले शुक्रबार एक कार्यक्रमबीच अस्पतालको शिलान्यास गरेको हो । गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी र वडाध्यक्षहरुले संयुक्त रुपमा सो अस्पतालको शिलान्यास गरेका हुन् ।

Sponsored

१६ करोड ७३ लाख १० हजार ३४६ लागतमा निर्माण हुन लागेको सो अस्पतालको ठेक्का एटिसी कन्ट्रक्सन–नायरा जेभी धनगढी–१०, सिरहाले पाएको छ ।
ठेक्का अनुसार चार तल्ले अस्पताल भवन दुई वर्षभित्रमा निर्माण गरेर कार्यक्रम सञ्चालन मा ल्याउने जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *