TodayPati

सेन्ट्रल हस्पिटलमा पहिलोपटक दुरवीनबाट घुडाको अप्रेसन

टुडेपाटी-
जनकपुरधाम, मंसिर २४ गते ।

धनुषाको लक्ष्मीनिया स्थित सेन्ट्रल हस्पिटलले पहिलोपटक दुरवीनद्वारा घुडाको सफलतापूर्वक सल्यक्रिया गरिएको छ ।
एक बिरामीको घुडाको भित्रि भागमा च्यापिएको तथा लुज बडीलाई अर्थोस्कोपी प्रविधि मार्फत सल्यक्रिया (अप्रेसन) गरिएको हो ।

हाडजोर्नी विशेषज्ञ डा.राजिव शर्मा र डा. सन्दिप शर्माको टिमले सो सल्यक्रिया गरेका हुन् । यो उपचार सेवा मधेश प्रदेशमै पहिलोपटक सेन्ट्रल हस्पितलमै भएको उसको दावी छ ।

Sponsored

यो प्रविधिबाट थोरै प्वाल बनाएर सल्यक्रिया गर्न सकिने भएकाले थोरै घाउ हुने र चाँडै निको हुने चिकित्सकले जनाएको छ । पहिलोपटक अर्थोस्कोपी सेवा जनकपुरमै सम्भव भएकाले बाहिर जानु पर्ने बाध्यताको अन्त्य भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *