TodayPati

भग्यमानी शिवपुजन : श्रीमती बनिन् प्रतिनिधिसभा सांसद, छोरा पालिका प्रमुख

टुडेपाटी-
जनकपुरधाम, मंसिर २४ गते ।

सर्लाहीमा नेकपा माओवादी केन्द्रका नेता शिवपूजन रायको आफ्नै प्रभाव छ । पार्टी भन्दा उनको व्यक्तिगत प्रभावले नै होला श्रीमती मिना यादवलाई समानुपातिक तर्फबाट प्रधिनिधिसभा सदस्य र कान्छो छोरा राजाबाबु यादवलाई गाउँपालिका प्रमुख बनाउन सफल भएका छन् ।

माओवादी केन्द्रले समानुपातिकबाट टुंगो लगाएको १४ जना समानुपातिक सांसदमा मधेशी कलस्टरबाट मधेशी कोटामा परेकी मीना यादव शिवपूजनकी श्रीमती हुन् ।

Sponsored

उनको नाम माओवादी केन्द्रले समानुपातिकमा सिफारिस गरेको थियो । यधपी शिवपूजनले सर्लाही क्षेत्र क्षेत्र नं. ४ प्रतिनिधिसभा सदस्यमा छोरी मधुमालालाई स्वतन्त्रबाट उम्मेदवार बनाएका थिए । पार्टीले पटक पटक कारबाहीको चेतावनी दिँदा पनि उनले छोरीलाई ब्याक गराएनन् । जसको कारण सो क्षेत्रमा गठन्धन पराजित भयो । मधुमालको उम्मेदवारीले नेपाली काँग्रेसका बागी अमरेश कुमार सिंह जित्न सफल भए । अमरेश २० हजार १७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्दी गठबन्धन घटक काँग्रेसका उम्मेदवार नागेन्द्र कुमार यादव १८ हजार २५३ मत पाएका छन् भने तेश्रो नम्बरमा मधुमालालो १४ हजार ६२२ मत पाएकी थिइन् ।

शिवपुजन गत स्थानीय चुनावमा कान्छो छोरा राजाबाबु यादवलाई सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष समेत जिताएका छन् । २०६४ मा संविधानसभा सदस्य जितेका शिवपूजनमाथि रातो पास्पोर्ट दुरुपयोगमा कारबाही भएपछि उनी आफै चुनाव लड्नबाट बञ्चित भएका छन् । गत चुनावमा छोरी मधुमालालाई स्वतन्त्र उठाएर खुलेआम मत माग्दा र गठबन्धन विरुद्ध जाँदा पनि माओवादीले उनलाई कारबाही गरेको छैन ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *