TodayPati

मधेशको यस स्थानीय तहले गर्‍यो निजी विद्यालयको वर्गीकरण, ६ वटा मात्र परे क वर्गमा

टुडेपाटी–
वीरगञ्ज, मंसिर २४ गते ।

मधेश प्रदेशमा वीरगञ्ज महानगरपालिकाले पहिलो पटक निजी विद्यालयको स्तर अनुसार वर्गिकरण गरेको छ ।

महानगरले ५८ वटा निजी विद्यालयको स्तर तथा शुल्क निर्धारण गरेको छ । जसअनुसार ६ वटा विद्यालय ‘क’ वर्गमा, २४ वटा ‘ख’ वर्गमा, २७ वटा ‘ग’ वर्गमा र एउटा विद्यालय ‘घ’ वर्गमा परेका छन् ।

Sponsored

महानगरमा १४८ निजी विद्यालयमध्ये ५८ वटाले मात्र स्तर निर्धारणका लागि निवेदन दिएका थिए । स्तर तथा शुल्क निर्धारणको प्रक्रियामा नआएका विद्यालय स्वतः ‘घ’ वर्गमा पर्नेछन् ।

महानगरले विद्यालयले कक्षा १ देखि १२ सम्म लिन पाउने न्यूनतम शुल्क पनि तोकेको छ । जस अनुसार क वर्गका विद्यालयले नर्सरीमा मासिक शुल्क २ हजार ९३ रुपैयाँ लिन पाउनेछन् ।

महानगरले १ महिनाको मासिक पढाइ शुल्क भन्दा बढी धरौटी नलिन, २ महिनाको मासिक शुल्क भन्दा बढी वार्षिक शुल्क नलिन, दुरीको आधारमा सवारी भाडा तय गरेर लिन, अन्य शुल्क लिनुपर्दा अभिभावक भेलाबाट पारित गरेर मात्रै लिन निर्देशन दिएको छ । तोकिएको शुल्क शैक्षिक सत्र २०७९ जेठ १ गतेदेखि लागू हुनेछ ।

Sponsored

महानगरपालिकाको शिक्षा नियमावलीमा भएको व्यवस्था अनुसार ७० वटा सूचकहरुको मुल्यांकन गरेर २ सय पूर्णाङ्कमा विद्यालयलाई नम्बर दिएर वर्गीकरण गरिएको समितिले जनाएको छ ।

महानगरपालिकाले तोकिएको भन्दा बढी शुल्क लिएमा २५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना, स्तर घटुवाका साथै विद्यालय खारेजसम्मको कारबाही हुने जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *