TodayPati

एकै रातमा महोत्तरीको बर्दिबासमा ३ पसलमा चोरी

टुडेपाटी–
महोत्तरी, मंसिर २४ गते ।

महोत्तरीको बर्दिवासमा एकै रातमा तीन वटा पसलमा चोरी भएको छ ।

शुक्रबार राति बर्दिवासस्थित पन्चधुरा मसला मिल तथा माहादेव जेनरल किराना पसल, खड्का सप्लायर्स कोल्ड र आराध्य अटो मोटर पार्टस एण्ड सर्भिसेज सेन्टरबाट चोरी भएको हो ।

Sponsored

खड्का सप्लायर्स कोल्ड स्टोरबाट सामान र नगद गरी झण्डै ७० हजार, पन्चधुरा मसला मिल तथा माहादेव जेनेरल स्टोरवाट सामान र नगद गरी झण्डै एक लाख बराबरको सामान चोरी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

यस्तै, आराध्या मोटर पार्टसबाट सामान र नगद गरी दुई हजार बराबरको चोरी भएको संचालक बिक्रम थापाले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *