आधुनिक परिवेशमा स्थानीय रेडियो- एफएमको भूमिका ? (बिचार)
रोहित खनाल-
(दुधमती एफएम, सखुवा महेन्द्रनगरमा कार्यरत्त)
रेडियो, एफ.एम. संचारको साधनको बिभिन्न मध्यमहरु मध्ये एक हो । बद्लिदो दुनियाँमा संचार बिना जीवन कल्पनासमेत गर्न सकिन्न । सोही स्थानबाट हेर्ने हो भने रेडियो, एफ.एम.को भूमिका स्पष्ट पाउन सकिन्छ । नेपालको परिपेक्ष्यमा हेर्ने हो भने बिगत १५ बर्षमा स्थानीय एफ.एम.को सँख्या आकाशिदो छ । कुनै बेला रेडियो नेपाल ,कन्तिपुर एफ.एम. र इमेज एफ.एम.को श्रोता आज आफ्नै घर आँगनमा घटित घट्ना तत्काल सुन्न समय लाग्दैन ।
ठुलै घट्ना थाहपाउन हप्ताउ कुर्नुपर्ने र बासी भाइसकेको समाचार कानमा पुग्दा आजिर जनमानस आफ्नै गाउघरको खबरको लागि आज तु कातु सुन्न सक्दछन् । हो यो सब स्थानीय रेडियो, एफएमको देन हो भन्दा गलत नहोला । ओनेवए मध्यमको एउटा रुप हो रेडियो र आजसम्म यसको भूमिका उतिकै बढी छ । आज निकै नै जघन्य अपराध ठाउँको ठाउँ नै गुप्चुप हुनबाट बचाउने एउटा मध्यम नै स्थानिय एफ.एम बनेको छ । आज स्थानिय एफ.एम. नभएको भए धेरै बलात्कार, महिला हिंसा, भ्रष्टाचार जस्ता घटनाका अपराधीले आज दण्ड सजय पाउने सम्भव हुने थिएन होला ।
बिगत १० बर्षको मात्र रेकोर्ड हेर्ने हो भने पनि समाजमा मानिसको चेतनाको स्तर निकै नै फराकिलो भएको पाउन सक्दछौं । केही समय अगाडिसम्म समाजमा जडो गाडेको छुवछुत र महिला हिंसाका घट्नामा उल्लेखनीय सुधार आएको हेर्न सकिन्छ । एउटा समाज परिवर्तन हुन पहिले अतिआवश्यक कुरा भनेको नै सूचना हो । जुन स्थानिय रोडियो, एफएमले सहजै पुर्याउनेतिर मात्र नभइ, आर्थिक, समाजिक तथा भाषिक पहिचानलाई उकासन यसको ठूलो भूमिका छ । सामान्यतया गाउँ, बजार क्षेत्रमा कृषिजन्य बस्तुमा दलालको एकाधिकार निरुत्साहित गर्न मात्र नभई कृषकको मिहनतको मूल्य पनि निर्धारणा गर्ने माध्यम स्थानीय रेडियो, एफ.एम भएका छन् ।
व्यवसायको प्रचार प्रसार र बस्तु तथा सेवाप्रति जनस्तरमा जानकारी दिन पनि यसले साथ दिनेगरेकै छ । संचारको पहुँच र बिस्तारले आज संसार सांघुरो मात्र कहा भएको छ र ? यसले अत्मियतामा पनि नाटकीय् परिवर्तन ल्याएकै छ । आज कसरी कम्युनिकेसन स्किल बढाउने र यसको भूमिका के हो भन्ने बिषयमा गाउँघर, परिवारमा जानकारी नहुँदा बेरोजगारको भूमिका बढ्दो छ । यसले ती समस्याबाट उन्मुक्ति पाउन कम्युनिकेसन स्किलका बारेमा जानकारी प्रदान गरी अझ प्रतिभाशाली बनाउन प्रयासरत छ ।
स्थानीय एफ.एम.मा कार्यरत कर्मचारीको प्रमुख समस्या भनेकै उनीहरुको पारिश्रमिक हो । ज्यादै नै न्यून पारिश्रमिकमा आफ्नो क्षमताको बिक्री गर्नुपर्ने र पारिश्रमिक बारे अनुगमन गर्ने निकाय सुस्त हुँदा यो समस्याले स्थानीय क्षेत्रमा ज्यादै रुची नराख्नु हो । कर्मचारीमात्र नभइ उधमीलाई नै लगानीको खतरा प्रसस्त रहेका छन् । जस्तो कि थोरै पुँजी र उच्च जोखिमका बिच कार्यसन्चालन गर्नुपर्ने हुँदा आफ्नो लगानीलाई प्रत्याभूत गर्ने तर्फ बढी ध्यान दिएको पाईन्छ । आर्थिक प्रलोभन तथा राजनीति दबाबले गर्दा सूचनाको सम्प्रेसनमा जनमानसमा आधिकारिकता र विश्वासनीयता माथि शंंकाको घेरा रहिरने समस्यालाई चिर्न पनि स्थानीय रेडियो, एफएमले निस्पक्षता तर्फ ध्यान दिनुपर्ने हुन्छ । समाचारमा अधिकारिकता र विश्वासनीयता बिना समाचारको कुनै अर्थ हुँदैन ।
Sponsored
अवसर र चुनौतीका बिच उभिएको स्थानीय रेडियो, एमएम मूलतः उद्देश्य नै सर्बसाधारणलाई हक तथा अधिकारप्रति सचेत गराउँदै सही सूचनाको धारालाई प्रवाह गर्नु हो । जनतालाई सूचना दिन खोलिएको संस्थाले राजनीतिक तथा अर्थिक प्रलोभन भन्दा बाहिर रही आफ्नो कर्तब्य निभाउनु पर्दछ । एउटा व्यक्ति र समुदायको हितमा अग्रसर हुनुभन्दा सम्पूर्ण जनताको भलाइका निम्ती रेडियो, एफएमले कदम चल्नुपर्ने हुन्छ । राज्यको चौथो अङ्गका रुपमा परिचित संचारमध्यमले राज्यलाई सहयोग गर्न तर्फ ध्यान दिनुपर्ने हुन्छ नकी अलोचन मात्र । कर्मचारीको आर्थिक र ब्यबाहारिक पक्षलाई मध्यनजर गरी कार्यलयमा हुने दृश्य तथा अदृश्य लैंगिक हिंसा विरुद्ध सचेत हुनुपर्ने देखिन्छ ।