सहिदनगरमा कांग्रेस र समाजवादीका दर्जनौं नेता-कार्यकर्ता नेकपामा प्रवेश
टुडेपाटी समाचारदाता-
जनकपुरधाम, माघ २३ गते ।
धनुषाको सहिदनगर नगरपालिकामा नेपाली काँग्रेस र समाजवादी पार्टीका दर्जनौं नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । बुधबार एक कार्यक्रमबिच नव प्रवेशीहरुलाई नेकपाका प्रदेश सदस्य समेत रहेका सहिदनगर नगरपालिकाका नगरप्रमुख उदयकुमार बरबरियले फुलमाला तथा अविर लगाई पार्टी प्रवेश गरकाएका छन् ।
स्थानीय पिलदेव यादव, देवचन्द्र यादव, डोमा यादव, मोतिलाल यादव, मिर्चाइलाल यादव, दिपक रजक, ई.संजय यादव, राजु रजक, सिताइ यादव, सर्वण यादव,रबिन शर्मा, रामसरन रजक, भोरिल यादव, सदन साह, सुर्यदेव यादव, दुर्योधन यादव, पवन साह, राकेश यादव, संतोष यादव, निरोध यादव, रुबलेश यादव, प्रदिप यादव, सुरेन्द्र यादव, सिरिकिसुन यादब, राजकिशोर महरा, विनोद यादव, दिपु मुखिया, कालि यादव, मनोज यादव, अनिल यादव, राजाबाबु यादव, मनोज यादव, कृष्णा यादव, राकेश यादव, अरुण साफि, रामबाबु यादब, मठेरन यादव, भोला साह सोनार, रामशिकिल यादव लगायतका काँग्रेस र समाजवादीका नेता कार्यकर्ताहरु आफ्नो पार्टीमा प्रवेश गरेको नेकपाले जनाएको छ ।