झापाका ५० वर्षीय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ५२ पुग्यो
टुडेपाटी-
जनकपुरधाम, वैशाख १४ गते ।
कोरोना संक्रमण झापाका एक ५० वर्षीय पुरुषमा पुष्टि भएको छ ।
आइतबार ती व्यक्तिको नमूना कोशी अस्पताल, विराटनगरमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।
‘हालसम्म प्राप्त विवरणअनुसार निज अस्पतालको सम्पर्कमा हुनुहुन्छ र स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
हालसम्म नेपालमा कोरोना संक्रमित ५२ जना मध्ये १६ जना निको भई घर फर्किसकेका छन् ।