वीरगञ्जमा मृत्यु भएकी युवतीको पीसीआर टेष्ट नेगेटिभ
टुडेपाटी-
वीरगञ्ज, वैशाख १४ गते ।
वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएकी युवतीको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको छ ।
ब्लड क्यान्सर पीडित वीरगञ्ज महानगरपालिका १० अशोकबाटिका बस्ने २३ वर्षीया ती युवतीको र्यापिड रिपोर्ट पोजेटिभ अाएको थियो ।
शनिबार राति उनको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो ।
उनको थ्रोट स्वाब नमूना संकलन गरी पीसीआर टेष्ट गर्न पठाइएको थियो ।