जुम्ल्याहा दिदीबहिनीसँग एकैजना युवकले गरे विवाह
एजेन्सी-
जनकपुरधाम, मंसिर २० गते ।
भारतको महाराष्ट्रस्थित सोलापुरमा एकजना युवकले जुम्ल्याहा दिदीबहिनीसँग विवाह गरेका छन् । मुम्बईका जुम्ल्याहा दिदीबहिनी पिङ्की र रिङ्कीको विवाह अतुलसँग भएको हो।
जुम्ल्याहा भएका कारण दिदीबहिनी उस्तै देखिन्छन् । उनीहरूले सानै उमेरदेखि एकै घरमा विवाह गर्ने र सँगै बस्ने निर्णय गरेका थिए।
दुवैले पहिलादेखि नै एउटै केटासँग विवाह गर्ने निर्णय गरेका थिए । उनीहरूको परिवारले पनि त्यस्तो विवाहका लागि अनुमति दिएको थियो । विवाह सोलापुर जिल्लाको अकलुजमा जामापुर सडकमा पर्ने गलाँडे होटलमा भएको हो।
अतुलको गृहनगर मालशिरस हो। मुम्बईमा उनको ट्राभलसम्बन्धी व्यवसाय छ। उता पिङ्की र रिङ्की आइटी इन्जिनियर हुन्। दुवै आफ्ना आमासँग बस्थे। त्यसबेला अतुलको उनीहरूसँग परिचय भयो।
परिचय त्यसपछि प्रेममा बदलियो। जब एकपटक पडगांवकर परिवारका आमा र दुई छोरी बिरामी भए तब अतुलले उनीहरूलाई आफ्नो कारमा अस्पताल लैजान्थे।
Sponsored
पडगांवकर परिवार बिरामी हुँदा अतुलले उनीहरूको हेरचाह गरे र उनीहरू नजिकिए।