TodayPati

जसपा अध्यक्ष यादव र मुख्यमन्त्री राउतद्वारा अध्यक्ष भट्टराईको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली

टुडेपाटी–
सप्तरी, मंसिर १८ गते ।

मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरी भट्टराईको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश नं. १ का स्वास्थ्यमन्त्री जयराम यादव सहितका शीर्ष नेतृत्वले भट्टराईको गृहनगर राजविराजमा पुगि पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

Sponsored

अन्तिम श्रद्धाञ्जली दिन जसपा अध्यक्ष यादव आजै काठमाडौँबाट र मुख्यमन्त्री राउत जनकपुरधामबाट राजविराज पुग्नु भएको थियो ।

पत्रकार महासंघ सर्लाहीको साधारणसभामा भाग लिन सर्लाही पुगेका भट्टराईको शनिबार सर्लाहीमै निधन भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *