मधेशमा जसपाभन्दा बढी लोकप्रिय बन्यो जनमत
टुडेपाटी–
जनकपुरधाम, मंसिर १८ गते ।
मधेश प्रदेशमा मधेश केन्द्रीत दलहरुमध्ये जनमत पार्टी सबैभन्दा बढी लोकप्रिय पार्टीको रुपमा स्थापित भएको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फको सार्वजनिक गरेको हालसम्मको मतपरिणाम अनुसार जनमत पार्टीले मधेश प्रदेशमा तेस्रो स्थान ल्याएको छ ।
पहिलो स्थानमा नेपाली काँग्रेसले चार लाख १४४ मत ल्याएको छ भने दोस्रो स्थानमा एमालेले तीन लाख ७६८ मत ल्याएको छ ।
त्यसपछि जनमत पार्टीले तीन लाख २९ हजार १७७ मत ल्याएको छ । जसपा नेपालले दुई लाख ९८ हजार ७७४ मत मात्र पाएको छ ।
जसपाभन्दा जनमतले ३० हजार ४०३ मत बढी ल्याएको छ ।
Sponsored
यसअघिको चुनावमा मधेशमा लोकप्रिय रहेको जसपा र लोसपाले सो लोकप्रियता यसपटक गुमाएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख १३ हजार ३६४ मत मात्र ल्याएको छ ।