माछापुच्छ्रे बैंकको अध्यक्षमा महतो नियुक्त
टुडेपाटी–
काठमाडौं, मंसिर १३ गते ।
मााछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा डा. उपेन्द्र महतो चयन भएका छन् ।
गैरआवासीय नेपाली संघ एनआरएनका संस्थापक अध्यक्ष रहेका डा महतो बैंकको १२ मंसिरमा बसेको ४७२ औं बैंक सञ्चालक समितिको बैंठकले सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका हुन् ।
बैंकका निर्वतमान अध्यक्ष डा वीरेन्द्र महतो प्रतिनिधिसभा सदस्यामा निर्वाचित भएपछि उनले दिएको राजीनामा बैंकले स्वीकृत गरेको छ ।