TodayPati

बारामा अनुदानको मल बिक्री गर्ने सहकारीका सञ्चालकसहित दुईजना पक्राउ

टुडेपाटी-

बारा, वैशाख १३ गते ।

बारामा सरकारी अनुदानमा पाएको मल किसानलाई नदिई व्यापारीलाई बिक्री गर्ने सहकारीका सञ्चालकसहित दुईजना पक्राउ परेका छन् ।

Sponsored

पक्राउ पर्नेमा माँ गायत्री खाद भण्डारका संचालक बाराको बिश्रामपुर गाउँपालिका २ बस्ने महेन्द्र साह तेली र मल बोकेको ट्याक्टरका चालक सोही ठाउँका २८ वर्षीय रामबाबु पण्डित छन् ।

प्रहरीका अनुसार सहकारी सञ्चालकसमेत रहेका तेलीले ना ६ त ७३६८ नम्बरको ट्र्याक्टरमा मल लोड गरी ल्याएर कालोबजारी गर्नको लागि लुकाईछिपाई आफ्नो खाद भण्डारमा अनलोड गरिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले छापामारी उनीहरुलाई पक्राउ गरेको छ ।

अनुसन्धानको क्रममा साल्ट ट्रेडिङ कार्पोरेसन लिमिटेड वीरगञ्जबाट अनुदानमा अतिथि कृषि सहकारी संस्था लिमिटेड प्रसौनी ६ बाराको नाममा बिक्री भएको उक्त मल कालोबजारी गर्ने उदेश्यले भण्डारका संचालक तेलीले खरिद गरी ल्याएको भन्ने खुलेको प्रहरीले जनाएको छ ।

Sponsored

छापा मारेर प्रहरीले अनलोड गरिसकेको ४० बोरा युरिया मल र ट्र्याक्टरमा लोड गरी राखेको १० बोरा युरिया मल, डि.ए.पि.मल ३० बोरा र सलफेट मल १० बोरा गरी ९० बोरा मल र ट्र्याक्टर चालकको साथबाट अतिथि कृषि सहकारी संस्था लिमिटेड प्रसौनी ६ बाराको नामको मल खरिद गरेको बिल दुई थान र फर्म दर्ताको प्रमाण पत्रको प्रतिलिपीसमेत बरामद भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताए ।

पक्राउ परेका दुबैजनालाई प्रहरी हिरासतमा राखी कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको मिश्रले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *