TodayPati

सर्लाहीका सबै निर्वाचन क्षेत्रमा सशस्त्रका डीएसपीको कमाण्ड

टुडेपाटी–
सर्लाही, कार्तिक १६ गते ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा निर्वाचन सुरक्षा वेस खडा भएको छ ।

निर्वाचनलाई लक्षित गरी चारवटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीले शसस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा जनशक्ति परिचालन गरिएको हो ।

Sponsored

जिल्लाको क्षेत्र नं. १ को सागरनाथ, क्षेत्र नं. २ को मलंगवा, क्षेत्र नं. ३ को हरिवन र क्षेत्र नं. ४ को गोडैतामा निर्वाचन सुरक्षा बेश राखिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा. गण सर्लाहीका सशस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए ।

उनका अनुसार निर्वाचनका लागि जिल्लामा रहेका बाहेक काठमाडौंसहित अन्य ठाउँबाट पनि थप मद्दतमा जनशक्ति खटाइने छ ।

उनले आवश्यकता र संवेदनशीलताको आधारमा जनशक्ति परिचालन हुने र बाहिरी जिल्लाबाट थप मद्दत टोली आइरहेकाले निर्वाचनमा खटिने जनशक्तिको विवरण लिने काम भइरहेको बताए ।

Sponsored

सर्लाहीमा अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित प्रत्येक सुरक्षा निकायहरु निर्वाचन लक्षित सुरक्षा प्रवन्ध मिलाउन लागि परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख, प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *