छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइयो
टुडेपाटी-
जनकपुरधाम, कार्तिक १३ गते ।
छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । नदी, पोखरी, तलाउलगायतका जलाशय घाटमा रहेका ब्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।
निर्जल र निराहार ब्रत बसेका उनीहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।
अर्घ दिँदै गर्दा उनीहरुले सूर्यलाई आफ्नो मनोकांक्षा सुनाउँछन् र पूरा गरिदिन आग्रह गर्छन् । यस दिनलार्ई ‘सौँझकारक’ पनि भनिन्छ ।
भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुनेछ ।