TodayPati

असिना वर्षाले धनुषाको चित्रपुरमा साढे ३ सय घरको छानो फुट्यो, करोडौंको क्षति

टुडेपाटी-
बटेश्वर, वैशाख १२ गते ।

हावाहुरीसंगै आएको अशिना (बरफ ढुंगा) वर्षाले धनुषाको बटेश्वर गाउँपालि १ चित्रपुरमा सबैको घरको छानो फुटेको छ । शुक्रबार दिउँसो परेको अशिनापानीले चित्रपुरको टाली भएको झण्डै साढे ३ सय घरधुरीको घरको छानोमा हालेको टालि फुटेर क्षति पुर्याएको छ ।

तीन।चार सय ग्राम तौलसम्मकोे अशिनाले चित्रपुरको सबै टालिको छानो भएको घरमा क्षति पुगेको स्थानीय धर्मानन्द महतोले बताए ।
चित्रपुरमा पर्ने झण्डै साढे ३ सय घरको छानो फुटेर क्षति पुगेको वडा नं. १ का वडाध्यक्ष शैलेन्द्र महतोको भनाइ छ ।

Sponsored

अशिनाले आँप खेतीमा पनि करोडौको क्षति पुर्याएको छ । चित्रपु आँप खेतीमा धनुषाको परिचित गाउँको रुपमा रहेको छ । यहाँबाट वर्षेनी पाँच करोड भन्दा बढीको आँप उत्पादन भइ निर्यात हुने गरेको वडाध्यक्ष महतोले बताए ।

आँपको मजरमा भर्खर टिकुला पलाएकै बेला आएको अशिनाले आधाभन्दा बढी आँपको टिकुला झारेर अढाई करोडभन्दा बढीको क्षति पुर्याएको उनको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *